सिन्धुपाल्चोकमा कोरोना संक्रमण होइन, सामान्य रुघाखोकी मात्र : स्वास्थ्य मन्त्रालय


२९ माघ २०७६, बुधबार
health ministray

काठमाडौं, २९ माघ । चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकमा कोरोनाको लक्षणसँग मिल्दो बिरामी पाइएको आंशका भइरहेका बेला स्वास्थ्य मन्त्रालयले त्यहाँ कोरोनाको कुनै संक्रमण नभएको स्पष्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा देखिएको सामान्य रुघाखोकीलाई सत्य तथ्य नबुझी कोरोना भाइरसको आशंमाका गलत हल्ला चलाइएको बताएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बा गाउँमा फैलिएको संक्रमण सामान्य रुघाखोकी मात्र रहेको र त्यहाँ कोराना भाइरसको कुनै संकेत नभएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

गुम्बा गाउँमा ज्वरो, रुघाखोकीले अहिलेसम्म दुई सय बढी मानिस बिरामी भएका छन् भने उपचारमा स्वास्थ्यकर्मी खटिरहेका छन् ।

यो संक्रमण कोरोना भाइरसको पनि हुन सक्ने आशंका गर्दै जुगल गाउँपालिका कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो । ‘हाम्रा स्थानीय स्वास्थ्यकर्मीले जुगल गाउँपालिकामा देखिएको समस्या रुघाखोकीको मात्र भएको जानकारी गराएका छन् । कोरोनाको कुरा सबै गलत हो’, प्रवक्ता श्रेष्ठले भने ।

उनले जुगल गाउँपालिकाको रुघाखोकीले बढी प्रभाव पारेको ठाउँमा स्वास्थ्यकर्मीको टोली पुगिसकेको श्रेष्ठले बताएका छन् । सर्वसाधरणको शंका निवारणका लागि चिकित्सक टोलीले त्यहाँका बिरामीको रगत र र्‍यालको नमुना काठमाडौं ल्याउने र टेकु अस्पतालमा कोरोना हो वा होइन भनेर परीक्षण गरिने प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७