एमाले प्रचार सचिव रिजाल प्रदेशसभाको उम्मेदवारमा सिफारिश


१७ आश्विन २०७४, मंगलवार
Bishnu Rijal

Bishnu Rijal

दैलेख : नेकपा (एमाले) केन्द्रीय पार्टी प्रचार विभागका सचिव विष्णु रिजाल दैलेखबाट प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिश भएका छन् । दैलेखको-२ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभाको एक नम्बर क्षेत्र (दुल्लू-भैरबी)बाट सिफारिश भएका हुन् ।

प्रेस चौतारी नेपालका पूर्वमहासचिव समेत रहेका रिजाल यसअघि बुधबार साप्ताहिक र पहिलोन्यूज डटकमको सम्पादक थिए । लामो समय पत्रकारितामा क्रियाशिल रिजाल नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुदा प्रेस सल्लाहकार थिए । बौद्धक छविका रिजाल कुटनीति क्षेत्रमा गहिरो ज्ञान राख्छन् ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७