एनसेलमार्फत माइक्रोसफ्टले नेपाली कम्पनीलाई ‘क्लाउड’ सेवा दिने


२९ माघ २०७६, बुधबार
1581484945andygong scaled

काठमाडौं, माघ २९ । एनसेल प्राईभेट लिमिटेडले माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ।

माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ टुल लगायतका सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन उक्त सहकार्य गरिएको हो।

गत हप्ता एनसेलले माइक्रोसफ्ट टियर वान क्लाउड सर्भिस प्रोभाइडर (सीएसपी) का लागि माइक्रोसफ्टसँग समझदारी भएको घोषणा गरेको थियो।

यो समझदारीअन्तर्गत एनसेलले विषेशगरी माइक्रोसफ्टका तीन सेवाहरु-अफिस थ्रिसिक्स्टिफाइभ, एज्योर र टिम्स् उपलब्ध गराउन ध्यान केन्द्रित गर्ने बताएको छ। अफिस थ्रिसिक्स्टिफाइभ क्लाउडमा आधारित एक सेवा हो। जसको प्रयोगले कार्यहरुमा प्रभावकारीता थप्छ।

त्यसैगरी, माइक्रोसफ्ट एज्योर माइक्रोसफ्ट म्यानेज्ड डेटा सेन्टरहरुमार्फत आफ्ना एप्लिकेसन र सेवाहरु बनाउन, टेस्ट गर्न, प्रयोगमा ल्याउन प्रयोग हुने क्लाउड कम्प्युटिङ सेवा हो।

कार्यलयभित्र एकिकृत संचार र सहकार्यलाई सघाउने अर्को नयाँ माइक्रोसफ्ट टिम्स रहेको हो।कार्यलयभित्रको आन्तरिक च्याट, भिडियो मिटिङ, फाइल स्टोरेज र एपलिकेशन इन्टिग्रेशन जस्ता विशेषता माइक्रोसफ्ट टिम्स्मा रहेको छ।

एनसेलले यी सेवाहरु आफ्नो एनसेल फर बिजनेस ९एनफरबी० अन्तर्गत माइक्रोसफ्टसँगको सहकार्यमा नेपालमा ल्याएको हो। यी सेवाहरुले नेपालका साना तथा ठूला व्यवसायलाई सहगोग पुर्याउने बैंकको विश्वास छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७