सिभिल बैंकको १०७औं शाखा जितपुरमा


२९ माघ २०७६, बुधबार
IMG 20200212 WA0005 1

काठमाडौं, २९ माघ । कपिलवस्तुको जितपुरमा सिभिल बैंकको १०७औं शाखा संचालनमा ल्याइएको छ।

नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिकम थापा तथा जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा कृष्ण प्रसाद पौडेलले उक्त शाखाको संयुक्त रुपमा उद्धघाटन गरे। बैंकका मुख्य प्रबन्धक राजन बिकम थापाले जीतपुरमा शाखा बिस्तार भएपछि त्यस क्षेत्रको वित्तिय गतिविधिमा टेवा पुग्ने बताए।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिकम थापा, जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ लगायत सो क्षेत्रका राजनैतिक व्यक्तिहरु उद्योगी, व्यवसायी, सर्वसाधरण लगायतको उपस्थिति थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले देशको औद्योगीक नगरी बिरगंजसँग नजिक जीतपुरमा प्रशस्त औद्योगिक अवसरहरु रहेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सान्दर्भिक सेवा तथा सुविधाहरु प्रदानगर्ने कुरा बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७