भलिबल खेलाडी प्रतिभा मालीको उपचार खर्च राखेपले बेहोर्ने


२९ माघ २०७६, बुधबार
109783895 p07vrm5m

काठमाडौं, २९ माघ । राष्ट्रिय महिला भलिबलर होंगान्जी न्यू डायमण्डकी स्टार खेलाडी प्रतिभा मालीको उपचारमा लाग्ने सबै खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बेहोर्ने भएको छ ।

ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको अन्तिम दिन बुधबार आफ्नो मन्तव्य राख्ने क्रममा राखेप सदस्य सचिव रमेशकुमार सिलवालले यस्तो घोषणा गरेका हुन् । उनले भने ‘प्रतिभाको उपचारमा लाग्ने सबै खर्च राखेपले बेहोर्नेछ ।’

गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलको फाइनलमा प्रतिभा सम्मलित नेपाली टोली भारतसँग ३-२ ले पराजित भएको थियो । नेपालले पहिलो पटक भारतलाई सोही खेलमा २ सेट हराएको थियो ।vollyball महिला भलिबल jpg 2 scaled

माघ १० गते घुँडामा चोट लागेर त्रिुपरेश्वरस्थित ब्लु क्रममा उपचार गराएकी प्रतिभा १७ दिनपछि सोमबार डिस्चार्ज भइकी थिइन् । आरबिबी एभिए क्लब भलिबल च्याम्पियनसिपको फाइनलका दौरान चोट लागेका प्रतिभा अपचारका लागि ब्लु क्रस अस्पतालमा भर्ना भइकी थिइन् ।

बायाँ घुँडामा गम्भिर चोट लागेपछि उनी अस्पताल भर्ना भइकी थिइन् । डा. श्रेष्ठले शल्यक्रिया सफल भएको र त्यसपछि गर्न मिल्ने जति फिजियो सुरु गरिसकेको जानकारी दिएका थिए । घुँडाको शल्यक्रिया पछि आराम गरिरहेकी छिन् । क्लब च्याम्पियनसिपको फाइनल दौरान चोट बोक्न पुगेकी थिइन् । एपिएफविरुद्ध खेल्दा घुँडामा चोट लागेको थियो ।

उनलाई पुरानै अवस्थामा फर्कन ९ महिनादेखि एक वर्ष सम्म लाग्ने डा.श्रेष्ठले बताएका छन् । नेपालले कात्तिकमा एभिसी सेन्ट्रल जोनमा स्वर्णपदक जित्दा र १३औं सागमा रजतपदक जित्दा प्रतिभा टोलीकी महत्वपूर्ण खेलाडी थिइन् ।vollyball महिला भलिबल jpg 5 scaled

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७