‘जनयुद्ध’ दिवसको कार्यक्रममा नेकपा अध्यक्ष ओली अनुपस्थित


१ फाल्गुन २०७६, बिहीबार
kp oli Prime Minister of Nepal. He is the Chairman of the Nepal Communist Party 2

काठमाडौं, १ फागुन । प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘जनयुद्ध’ दिवसको कार्यक्रममा अनुपस्थित भएका छन् ।

धुम्बाराहीमा जनयुद्ध र जनआन्दोलनका शहीदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओली आउने सूचना पार्टी कार्यालयबाट जारी भए पनि बिहीबार प्रधानमन्त्री उपस्थित भएनन् । कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेललगायत नेताहरू सहभागी भएका छन् ।

माघ २७ गते केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले सूचना निकालेर प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको उपस्थितिमा जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा गर्ने उल्लेख गरिएको थियो । गत वर्ष फागुन १ मा पनि प्रधानमन्त्री ओली जनयुद्ध दिवसका कार्यक्रममा सहभागी भएका थिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७