सर्वोच्चको नांगो हर्कत, आफ्नै अधिकृतलाई मुद्दा हाल्न लगाएर डा.केसीलाई पक्राउ पूर्जी


२४ पुष २०७४, सोमबार
Dr Kc

काठमाडौ : डा. गोविन्द केसीले सोमबार दिउँसोदेखी १४ औं अनसन सुरु गरे । प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी प्रमुख माग राखेर डा. केसीले सोमबार दिउँसो पत्रकार सम्‍मेलन गर्दै अनसनको घोषणा गरेका थिए ।

Dr Kc

पराजुलीसहितको इजलासले डीनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्ने आदेश दिएलगत्तै डा। केसीले १४ औं अनसन सुरु गरेका हुन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा गरेर डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाएका थिए । उनले भनेका थिए, ‘हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमानदारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ ।’

तर, डा केसीको पत्रकार सम्मेलन सकिएको केही बेरमै प्रधानन्यायाधीश गोपाल पराजुली सक्रिय भए । उनले आफ्नै कार्यलयका कर्मचारीलाई मुद्दा हाल्न लगाए । लगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले डा. केसीविरुद्ध अदालतको अवहेलनासम्वन्धी मुद्दा हालेका थिए । पौडेलको प्रतिवेदकमा गोविन्द केसीले अदालतको अवहेलना गरेको, न्यायाधीश, न्याय व्यवस्थाविरुद्ध अमर्यादित र अपमानजनक शब्द प्रयोग गरेकाले अदालतमा उपस्थित गराउन निर्देशन जारी गरेको हो ।

न्यायाधीश डम्बर बहादुर शाहीको इजलासले गोविन्द केसीलाई अदालतमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयका नाममा निर्देशन जारी गरेको छ । केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७