सागका पदक विजेतालाई बागमति प्रदेशको नगदसहित सम्मान


१ फाल्गुन २०७६, बिहीबार
karate 1

काठमाडौं, १ फागुन । बागमति प्रदेशले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने आफ्ना प्रदेशका खेलाडीलाई बुधबार नगदसहित सम्मान गरेको छ । काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ गते देखि २४ गते सम्म १३ औं साग आयोजना भएको थियो ।

twakwando bagmati

बागमति प्रदेशले राजधानी हेटौडामा आयोजित कार्यक्रममा स्वर्ण पदक जित्ने ४० खेलाडीलाई जनही १ लाख, रजत पदक जित्ने ४७ जनालाई ५० हजार र कास्य पदक जित्ने ७६ जना खेलाडीलाई प्रदेश सरकारले २५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको थियो ।
बागमगतीका मुख्य मन्त्री डोरमणी पौडेललगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे । नेपालले सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको थियो ।

84214730 2385785104854801 521860263293485056 n

मंसिर २५ गते प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले व्यक्तिगत खेलमा स्वर्ण जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ घोषणा गरिएको थियो । समूहगत खेलतर्फ भने स्वर्ण पदक विजेता टोलीका लागि जनही ५ लाख घोषणा गरिएपनि रजत र कास्य पदक विजेता टोलीका लागि पछि घोषणा गर्ने बताइएको थियो ।

सम्मानित खेलाडी नामहरु

bagmati sag 1 bagmati sag 6 bagmati sag 5 bagmati sag 4 bagmati sag 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७