राखेप च्याम्पियन एथलेटिक्स जारी,सेनाकाे वर्चश्व कायम


२४ पुष २०७४, सोमबार
नेपाली सेनाका विभागीय टोलीका खेलाडीले चार स्वर्ण

इटहरी: इटहरी रंगशालामा जारी ४२औँ राखेप च्याम्पियनसिप राष्ट्रिय एथलेटिक्स खेल प्रतियोगिताअन्तर्गत दोस्रो दिन जारी भई सम्पन्न भएका पाँच खेलको अन्तिम नतिजाअनुसार नेपाली सेनाका विभागीय टोलीका खेलाडीले चार स्वर्ण, दुई रजत र दुई कास्य पदक जित्दै प्रतिस्पर्धामा वर्चश्व कायम जारी राखेको छ ।

जारी प्रतियोगितामा नेपाल प्रहरीले एक स्वर्ण र दुई रजत तथा सशस्त्र प्रहरीका विभागीय टनेलीले एक रजत र तीन कास्य पदक प्राप्त गरेको छ । एथलेटिक्स खेलका जारी रहेको छ । आज सम्पन्न भएको खेलअन्तर्गतको ११० मिटर पुरुष हडल्सतर्फको खेलमा नेपाल आर्मीका राकप्रसाद थारुले स्वर्ण पदक प्राप्त गरेका छन् भने नेपाल प्रहरीका चन्द्रदेव जोशीले रजत र नेपाल आर्मीका नीरबहादुर चौधरीले कास्य पदक प्राप्त गरेका छन् ।

यसैगरी आजै सम्पन्न भएको महिला डिसकस थ्रो खेलअन्तर्गत भएको प्रतिस्पर्धामा नेपाल आर्मीकी अमृता महतोले स्वर्ण, नेपाल पुलिसकी हिरा चौधरीले रजत र सशस्त्र प्रहरीकी जीतकुमारी महतोले कास्य पदक जितेको छ ।

त्यस्तै पुरुष डिसकसतर्फको प्रतिस्पर्धामा नेपाल प्रहरीका पुष्कल खड्काले स्वर्ण नेपाल आर्मीका विनोद राईले रजत र सशस्त्र प्रहरीका प्रेम हुचिङले कास्य पदक प्राप्त गरेको छ ।

आजै भएको १५ सय मिटर लामो दूरीको पुरुष तर्फको दौडमा नेपाल आर्मीका उमेश मस्र्याङ्दी मगरले स्वर्ण पदक हात पारेका छन् भने सशस्त्र प्रहरीका अजितकुमार यादवले रजत र नेपाल आर्मीका रामजी बस्नेतले कास्य पदक जितेको छ ।

त्यस्तै महिलातर्पmको १५ सय मिटर दूरीको दौडमा नेपाल आर्मीकी ओलम्पियन खेलाडी सरस्वती भट्टराईले स्वर्णमाथि कब्जा जमाए भने आर्मीकै सानुमाया राईले रजत र सशस्त्र प्रहरीकी धाविका पूmलमुनि रानाले कास्य पदक प्राप्त गरेकी छिन् । ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७