चौरानब्बे करोड बराबरको हकप्रद शेयर निष्कासनका लागि स्वीकृति


२४ पुष २०७४, सोमबार
sebon 1

काठमाडौँ : नेपाल धितोपत्र बोर्डले रु ९४ करोड तीन लाखबराबरको हकप्रद शेयर निष्कासन गर्न विभिन्न तीन कम्पनीलाई स्वीकृति दिएको छ ।sebon 1

बोर्डका अनुसार एसियन लाइफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना सेवा विकास बैंकलाई हकप्रद शेयर निष्कासनका लागि आज स्वीकृति दिइएको छ ।

एसियन लाइफ इन्स्योरेन्सले दश कित्ता बराबर एक पाउने गरी रु ४० करोड २७ लाख ९६ हजार ६२० बराबरको रु ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिइएको छ । हकप्रद शेयर निष्कासनका लागि एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

यस्तै फस्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले रु २२ करोड ८१ लाख ३१ हजार ३०० मूल्यबराबरको २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद शेयर निष्कासनको स्वीकृति दिएको बोर्डले जनाएको छ । फस्ट माइक्रोफाइनान्स लघु वित्तको हकप्रद शेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । सो कम्पनीले दुई कित्ताबराबर एक पाउने गरी हकप्रद निष्कासन गर्न लागेको छ ।

यस्तै कामना सेवा विकास बैंकले रु ३० करोड ९४ लाख १५ हजार ४७७ मूल्यबराबरको ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिइएको हो । कामना सेवाको हकप्रदका लागि एनएमबी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । कामनाले दश कित्ता बराबर एक दशमलब पाँच कित्ता हकप्रद शेयर दिनेछ ।

नागरिक लगानी कोष अन्य समूहमा

नेपाल स्टक एक्सचेन्जले वित्त समूहअन्तर्गत रहेको नागरिक लगानी कोषलाई अन्य समूहमा सारेको छ । कोष र वित्त समूहमा रहेका सूचीकृत कम्पनीको व्यावसायिक प्रकृतिलाई हेरेर समूह परिवर्तन गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । नेप्सेले सूचीकृत कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्दै आएको छ । नेप्सेमा विभिन्न १४ समूह रहेका छन् ।

नेप्सेले वर्गीकरण गरिएका कम्पनीलाइ उपसूचकमार्फत कारोबार मापन गर्दै आएको छ । कोष थपिएपछि अन्य समूहमा कम्पनीको संख्या चार पुगेको छ । कोष थपिनुअघि सो समूहमा जलविद्युत् लगानी तथा विकास कम्पनी, नेपाल दूरसञ्चार कम्पनी र नेपाल फिल्म डेभलपमेन्ट कम्पनी रहेका थिए ।

दोहोरो अंकले बढ्यो बजार

स्टककाअनुसार आज पूँजीबजार दोहोरो अंकले वृद्धि भएको छ । कुल १२ अंकले बजार बढ्दा एक हजार ४४३ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ समेत आज २.९७ बिन्दुले बढेको छ ।

कुल १५७ कम्पनीको आठ लाख ५५ हजार १३९ कित्ता शेयर रु ४६ करोड ४६ लाख ३९ हजार ८२० मा खरिद बिक्री भएको हो । आज होटल समूहबाहेक अरु सबै समूहको शेयर कारोबार बढेको छ । होटल समूह १७.३७ बिन्दुले घट्दा बैंकिङ ९.०५, व्यापार १.२७, विकास बैंक ६.६२, जलविद्युत् ३.२३, फाइनान्स ३.७३, बीमा १२२.१६, उत्पादन २.८, अन्य १२.७६ र माइक्रोफाइनान्स २.८६ बिन्दुले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७