नेपाल लाइफको बिमा शुल्क इसेवामार्फत् भुक्तानी गर्न सकिने


१ फाल्गुन २०७६, बिहीबार
nepal life esewa agreement

काठमाडौं, १ फागुन । जीवन बिमाको क्षेत्रमा नेपालको अग्रणी कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको बिमा शुल्क इसेवामार्फत् भुक्तानी गर्न सकिने भएको छ।

अनलाइनमार्फत बिमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले हस्ताक्षर गरे।

सम्झौतासँगै अब नेपाल लाइफ इन्स्योरेन्समा बिमा गरेका वीमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाइल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सक्नेछन्। यस्तै, इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनै पनि जोन पोइन्टमार्फत बिमा शुल्क भुक्तानी गर्न सकिनेछ। यो सेवाबाट नेपाल लाइफका २७ लाखभन्दा बढी सङ्ख्यामा रहेका वीमित लाभान्वित हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७