सिभिलको १०८औं शाखा कलैयामा


१ फाल्गुन २०७६, बिहीबार
IMG 20200213 WA0007

काठमाडौं, १ फागुन । सिभिल बैंकले बाराको कलैयामा शाखा सञ्चालनमा ल्याएको छ। बैंकका सञ्चालक समितिका सदस्य युगेशबहादुर मल्ल तथा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले संयुक्त रूपमा बैंकको कलैया शाखा उद्घाटन गरे।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयलाई सिसिटिभी क्यामेरा हस्तान्तरण गरिएको छ।

हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहक रहेको सिभिलले ५२ अर्बभन्दा बढी निक्षेप सङ्‌कलन गरी करिब ५० अर्ब कर्जा लगानी गरेको छ। बैंकको प्रदेश(२ मा यस शाखासमेत गरी १४ तथा नेपालभर कूल शाखा सङ्ख्या १ सय ८ पुगेकोे बैंकले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७