ओक्सेम्बर्ग अब सिभिल मलमा पनि


१ फाल्गुन २०७६, बिहीबार
IMG 9802

काठमाडौं, १ फागुन । भारतीय कम्पनी सियाराम समुहको ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंको सिभिल मलमा पनि खुलेको छ।

यहाँ औपचारिक, अनौपचारिक, पार्टी वेयर तथा विभिन्न प्रकारका एसोरेरिज जिन्स पनि उपलब्ध हुने कम्पनीले बताएको छ। यसको आउटलेट ललितपुरको कुमारीपाटी, लाबिम मलतथा विराटनगर गरेर अन्य तीन स्थानमा खुलिसकेका छन्।
आफ्ना सम्भावित ग्राहकहरुसम्म आफ्ना पहुँचविस्तार गर्न ओक्सेम्बर्गले नेपालका विभिन्न शहरहरुमा आफ्नो व्यापार सञ्जाल रहेको हिमालयन भाइब्स समुहसँग सहकार्य गरेको छ ।

नयाँ खुलेको आउटलेटका बारेमा बोल्दै सियाराम सिल्कमिल्स लिमिटेडका वरिष्ठ उपाध्यक्ष, ई पी ड्यानियलले भने, ‘हामी आफ्नो ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंमा खोल्न पाउँदा निकै उत्साहित छौं । स्टाइल, शान र सुविधामा विश्वास राख्ने ग्राहकहरुको सेवा गर्ने मौका पाउँदा हामीलाई गौरव लागेको छ । हामी यहाँ निकै उत्कृष्ट लुगाहरुका साथै फेशनमा रहेका नयाँ वस्तुहरु राखेर ग्राहक सेवामार्फत नेपालीहरुको मन र विश्वास जित्न चाहन्छौं ।’

नेपाली क्रिकेट टोलीका पूर्व कप्तानपारस खड्काले उद्धाटन गरेको थिए । उक्त समारोहमाअक्सेम्बर्गका उच्च अधिकारीका साथै हिमालयन भाइब्सकाआदर्श पाण्डे तथा अन्य गन्यमान्य व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो ।


ड्यानियलले भने ‘ओक्सेम्बर्र्गको विशेषता भनेकै उचित मूल्यमा पुरुष लुगाको फेशनको उपलब्धता हो । ब्राण्डको लक्ष्य भनेकै आजको युवाको जीवनशैलीसँग मेल खाने गरी उनीहरुको चाहना र सोच बमोजिमका नयाँ उत्पादनहरु बजारमा ल्याउनु हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७