माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबारबाट सुरू हुने


१ फाल्गुन २०७६, बिहीबार
machha puchhe

काठमाडौं, १ फागुन । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको शनिबारबाट सुरू हुने भएको छ। फागुन २ गते देखि ७ गतेसम्म त्रिविअन्तराष्ट्रिय क्रिकेट मैदान,कीर्तिपुरमा हुने भएको हो।Pic 3

माछापुच्छ्रे बैंक र एसएस इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे बैंकका प्रमुखकार्यकारी अधिकृत श्री सुमन शर्मा भने, ‘अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउदै माछापुच्छ्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले प्रतियोगिता आयोजना गर्न लागेको जानकारी बताए ।  

प्रतियोगितामा सर्वोउत्कृष्ठ हुने खेलाडीले यमाहाको तर्फबाट एफजेड भीबाईक प्राप्त गर्ने छन् । प्रतियोगिता ५ ओभरको हुनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडी, ब्याट्सम्यान, बलर, फिल्डर, विकेटकिपर सहित सर्वा्धिक छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कृत गर्ने छ । ।

माछापुच्छे बैंक, सेन्चुरी बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, सनराइज बैंक, नबिल बैंक, नेपाल राष्ट्र बैंक, कुमारी बैंक, मेगा बैंक, ग्लोबल आईएमई बैंक, कामना सेवाविकास बैंक, प्राइमकमर्शियल बैंक, आईसीएफसीफाइनान्स, गोर्खा फाइनान्स , एनसेल ए, एनसेल बी, नेपाल टेलिकम, सूर्य नेपाल, सिप्रदी, सुबिसु, भारतीयदूतावास, नेपाल जीवन बीमालगायतका २३ कर्पोरेट हाउसहरुले यो वर्षको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता सहभागिता जनाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७