विवादित गीत ‘लुट्न सके लुट’ पछि पशुपतिले ल्याए ‘जता नि चोर’ (भिडियोसहित)


२ फाल्गुन २०७६, शुक्रबार
pashupati

काठमाडौं, २ फागुन । लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ भाग (२) गीत बजारमा ल्याएका छन् । शर्माको ‘जता नि चोर’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक भएको हो । उनले यसअघि ल्याएको ‘लुट्न सके लुट’ गीत शब्द र दृष्यका कारण विवादित बनेको थियो ।

‘जता नि चोर’ गीतको शब्द, संगीत र स्वर पनि गायक शर्माको नै रहेको छ । गीतको एरेञ्ज केशब बडुले गरेका छन् । यो गीतमा पनि पशुपति शर्माले नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिलाई उठाएका छन् ।

उनले नेपाली समाजमा रहेको विकृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्तिलाई गीतमार्फत व्यङ्ग्य गरेका छन् । दुर्गा पौडेलद्धारा निर्देशित गीतमा पशुपति शर्माको नै मुख्य अभिनय छ ।
हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७