‘भ्यालेन्टाइन डे’ दिन सहकर्मीलाई राखेको प्रेम प्रस्ताव अस्वीकार गरेपछि प्रहरीले हाने आफैलाई गोली


२ फाल्गुन २०७६, शुक्रबार
gun


सिन्धुली, २ फागुन । आज फागुन २ गते (१४ फेब्रुअरी) ‘भ्यालेन्टाइन डे’ का अवसरमा सहकर्मीलाई राखेको प्रेम प्रस्ताव अस्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी जवानले शुक्रबार बिहान आफैंलाई गोली हानेको खुलेको छ ।

सर्लाही वहुअर्वा गाउँपालिका ६ स्थायी घर भई जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायले ड्यूटीमा रहकी महिला प्रहरीको राइफल खोसेर आफैंलाई गोली हानेका हुन् ।

प्रहरी प्रमुख एसपी रन्जु सिग्देलका अनुसार गोली लागि सख्त घाइते भएका प्रहरी रायलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि एम्बुलेन्सबाट काठमाडौं लगिएको छ । प्रहरी रायले आफ्नै दाहिने कोखामा गोली हानेका छन् ।

थप अनुसन्धान भइरहेको एसपी सिग्देलले बताइन् । प्रहरी स्रोतका अनुसार प्रेम प्रस्ताव अस्वीकार हुँदा केहीबेर वादविवाद भइ राइफल खोसेर रायले आत्महत्याको प्रयास गरेका हुन् । आज प्रणय दिवस पनि भएकाले उनले ड्यूटीमा रहेकी ती महिला प्रहरीलाई प्रेम प्रस्ताव गरेका थिए । दुवै प्रहरी अविवाहित हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७