प्रणय दिवसमा प्रफुल्ल बामदेव, यसरी मनाए प्रणय दिवस


२ फाल्गुन २०७६, शुक्रबार
bamdev Rvwh87BoII

काठमाडौं, २ फागुन । फेब्रुअरी १४ अर्थात प्रणय दिवस (भ्यालेन्टाइन डे) का दिन एक आपसमा प्रेम साटासाट गरेर मनाइन्छ । युवापुस्तामा लोकप्रिय भ्यालेन्टाइन डेको रौनकले प्रौढहरुलाई पनि छुने गर्छ ।

केही वर्ष पहिलेसम्म नेपालमा नयाँ र तन्नेरी पुस्ताले मात्रै मनाउने यो दिवस पछिल्लो समय सबै उमेर समूहका मानिसहरुले मनाउन थालेका छन् । युवा, विद्यार्थी, चलचित्रकर्मी हुदै अहिले राजनीतिकर्मीले समेत यो दिवसलाई महत्व दिन थालेका छन् ।

भ्यालेन्टाइन डे का दिन आज शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफ्नी धर्मपत्नीलाई गुलाफ दिएर भ्यालेन्टाइन डे मनाएका छन् । प्रणय दिवसको अवसरमा नेता गौतमले प्रफुल्ल मुद्राको तस्विर राख्दै आफ्नो पुरानो दिनलाई स्मरण गरेका छन् ।

गौतमले श्रीमति तुलसी थापा गौतमलाई गुलाफ दिएको तस्वीर उनका छोरा हरिस गौतमले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७