बाबुको कुटाइबाट गयो छोरीको ज्यान


२ फाल्गुन २०७६, शुक्रबार
kutpit
सांकेतिक तस्वीर

काठमाडौं, २ फागुन । सन्तानका लागि बाबु अभिभावक र संरक्षक दुबै हुन् । तर, त्यति संरक्षक बाबुको कुटाइबाट झापामा एक छोरीको ज्यान गएको छ ।

झापाको शिवसताक्षी नगरपालिका–९ मा बञ्चरोको विडले हिर्काएर बाबुले झड्केली छोरीको हत्या गरेका छन् । शिवसताक्षीका ४६ वर्षिय भिमबहादुर ठटालले २६ वर्षकी छोरी रेखा ठटाल लिम्बूको हत्या गरेका हुन् ।

स्थानीयका अनुसार २६ वर्षीय रेखालाई उनका वाबुले बञ्चरोको विडले हिर्काएका थिए । बाबुको कुटाइबाट गम्भिर घाइते रेखाको बिर्तामोडस्थित विर्ता सिटी हस्पिटलमा उपचारको क्रममा शुक्रबार विहान मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । ठटालले मादकपदार्थ सेवन गरी छोरीलाई कुटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७