‘ए’ डिभिजन लिग : हिमालनय शेर्पाद्वारा एनआरटी पराजित


२ फाल्गुन २०७६, शुक्रबार
sherpa club

काठमाडौं, २ फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज सम्पन्न खेलमा हिमालयन शेर्पाले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

खेलमा पहिलो अग्रता भने एनआरटीले लियो । खेलको ३०औँ मिनेटमा एनआरटीका खेलाडी राजेश परियारले गोल गर्दै एनआरटीलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै हिमालयन शेर्पाले खेलको पहिलो हाफमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्यायो । हिमालयन शेर्पाका विदेशी खेलाडी स्टेफन समिरले खेलको ४१ औं मिनेटमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।

त्यस्तै खेलको पहिलो हाफको अत्तिरिक्त समयमा हिमालयन शेर्पाले एक गोल थप्यो । हिमालन शेर्पाका खेलाडी त्रिदेव गुरुङले गोल गर्दै हिमालयनको अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि अन्ततः हिमालनय शेर्पाले २–१ को जित हात पार्‍यो । जितसँगै हिमालयन शेर्पा १४ अङ्क जोड्दै तालिकाको दशौं स्थानमा रहेको छ । यता १५ अङ्क जोडेको पराजित एनआरटी नवौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७