अजिता हत्या काण्डका अभियुक्तहरुको दोस्रो पटक म्याद थप


२ फाल्गुन २०७६, शुक्रबार
ajita bhujel

मकवानपुर, २ फागुन । हेटौंडा–११ थाना भञ्ज्याङकी तेस्रो लिङ्गी अजिता भुजेलको हत्या अभियोगमा पक्राउ परेका पाँच जनालाई दोस्रो पटक म्याद थप गरिएको छ ।

२० माघमा पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत मकवानपुरले दोस्रो पटक म्याद थप गर्दै थप अनुसन्धानका लागि थुनामा राख्ने आदेश दिएको हो । अदालतले ८ दिनका लागि म्याद थप गरेको तहसिलदार तुलसी लामिछानेले जानकारी दिएका छन् ।

अजिता हत्या अभियोगमा प्रहरीले हेटौंडा ११ का २० वर्षीय एलिसा पाख्रिन, हेटौंडा ४ निवासी २४ वर्षीय आशिस बल, हेटौंडा ४ निवासी २१ वर्षीय ‘ह्याक्चर’ भन्ने बुद्ध लामा, हेटौंडा ९ निवासी १८ वर्षीय ‘भापु’ भन्ने सिमोन परियार र हेटौंडा ४ बस्ने २५ वर्षीय ‘घनटाउके’ भनिने सुशील थापा मगरलाई पक्राउ गरेको थियो ।

यसअघि अदालतले अभियुक्तहरुलाई १० दिन म्याद थप गरेर थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले म्याद थपसँगै अनुसन्धान जारी राखेको जनाएको छ । गत माघ ४ गते मध्यरातमा अजिताको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाँच जनालाई पक्राउ गरेको हो ।
यौन सम्पर्कपछि अजिताले माग गरेको रकमको विषयमा विवाद हुँदा उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रमुख प्रहरी उपरीक्षक सुरेशसिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७