राष्ट्रिय दादुरा-रुबेला अभियानमा एनसेलको सहकार्य


२ फाल्गुन २०७६, शुक्रबार
1581658570ncl

काठमाडौं, २ फागुन । एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियानमा सहकार्य गरेको छ।

उक्त खोप अभियानअन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा लागू गर्ने भएको छ। फागुन १ गतेबाट शुरु भएको अभियान फागुन ३० सम्म संचालन हुनेछ।

पहिलो चरण अन्तर्गत प्रदेश नं. १,२ र ५ का बालबालिकालाई दादुरा र रुबेला खोप लगाइने बताइएको छ। त्यसैगरी दोस्रो चरण चैत्र १ गतेदेखि चैत्र ३० गतेसम्म संचालन हुनेछ।

दोस्रो चरणमा बाँकी प्रदेशहरु बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका बालबालिकालाई यी खोपहरु लगाइनेछ।

परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले यस्तो राष्ट्रिय अभियानमा एनसलले गरेको सहकार्यले धेरै सहयोग पुगेको बताए।

एनसेलले आफ्नो व्यवसायीक सामाजिक जिम्मेवारी अन्तर्गत देशभर स्वास्थ्यसँग सम्बन्धि जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसँग २०७६ साल असोज १३ मा एक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो।

सोही समझदारी अन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरुको प्राविधिक सहयोगमा राष्ट्रिय दादुरा रुबेला खोप अभियानको लागि सञ्चार तथा जनसचेतना अभिवृद्घिका लागि सरकारलाई सहयोग गरेको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७