डा. गोबिन्द केसी पक्राउ


२४ पुष २०७४, सोमबार
1675088159gkc.

काठमाडौं: सर्वोच्च अदालतको मानहानीको आरोप लागेका प्राध्यापक डाक्टर गोबिन्द केसी सोमबार साँझ पक्राउ परेका छन् । शिक्षण अस्पतालबाट पक्राउपछि उनलाई बा १ झ ७२६६ नम्बरको प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर प्रहरी कार्यालय लगिएको हो।1675088159gkc.

महानगरीय प्रहरी परीसर काठमाडौंबाट खटिएको टोलीले केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अपरेसन प्रमुख डिएसपी बसन्त रजौरे पक्राउ पुर्जी लिएर अनसनस्लथ पुगेका थिए । अदालतले केसीले सर्वोच्च अदालतको मानहानी गरेको भन्दै उनलाई पक्राउ गरेर मंगलवार ९ बजे अदालत उपस्थित गराउन आदेश दिएको थियो ।
डा.केसीलाई पक्राउ गर्न एसपी रामदत्त जोशीको कमाण्डमा ठुलो संख्यामा प्रहरी शिक्षण अस्पताल पुगेको थियो। आईओएमको डिन नियुक्तिसम्बन्धि मुद्दामा डा।केसीले दिएको अभिव्यक्तिले अदालतको अपहेलना गरेको भन्दै सोमबार अदालतले उनलाई पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

Dr. Govinda Kc enaypatrika2

त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डाक्टर शशि शर्मालाई अदालतले पुनर्बहाली गर्न आदेश दिएसँगै केसीले अदालत मानहानी हुनेगरी अभिव्यक्ति दिएका थिए । मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले सर्वोच्चमा सोमबार मुद्दा दर्ता गरेका थिए । सो मुद्दामा आजै न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले मानहानी गरेको ठहर गर्दै पक्राउ गरेर अदालतमा मंगलबार बिहान ९ बजे उपस्थित गराउन गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो । केसी अदालतको आदेशविरुद्ध आजै अपरान्हदेखि १४ औं अनसनमा थिए ।26695446 10215264637915089 16854

भ्रष्टाचार विरुद्ध अनसन बसेका डा. केसीलाई पक्राउ गर्न सर्वोच्चको पूर्जी

 

भ्रष्ट प्रधानन्यायाधीश पराजुलीले न्यायलाई बिक्रीको विषय बनाए : गोविन्द केसी

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७