चर्चित गायक दिपक बज्राचार्यको ‘राति’ गीतको भिडियो आउँदै


३ फाल्गुन २०७६, शनिबार
deepak1

काठमाडौं, ३ फागुन । चर्चित गायक दिपक ब्रजाचार्यको नयाँ गीतको भिडियो बजारमा आउने भएको छ ।

गायक ब्रजाचार्यको ‘राति’ बोलको गीतको भिडियो आउँदो सोमबार सार्वजनिक हुने भएको छ । दिपक बज्राचार्यकै संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियो ठमेलस्थित नेपालकै चर्चित क्लब एलओडीमा छायाँकन गरिएको छ । भिडियोलाई दिपक बज्राचार्यले नै निर्देशन गरेका छन् ।

गायक बज्राचार्यको निर्देशनमा बनेको यो पहिलो म्युजिक भिडियो हो । चलन चल्तीका पप गायन भन्दा बेग्लै सोच र फरक शैलीबाट गीत गाउँदै आएका बज्राचार्य दुई दशकदेखि पप गायनमा सक्रिय छन् ।

गीतले बाहिरी सुन्दरता र भौतिक सम्पन्नता मानिसको भ्रम मात्र भएको कुरालाई उजागर गर्ने बताउँदै गायक बज्राचार्य भन्छन्, ‘भिडियोमा एउटी युवतीको सुन्दरताको भ्रमलाई उतार्ने कोशिस गरेको छु’, बज्राचार्यले भने, ‘हरेक चम्किलो बस्तु हिरा नहुने र आकर्षित हुन नपर्ने भाव गीत र भिडियोले बोकेको छ ।

आफूले धेरै मानिसमा सुन्दरताको भ्रम धेरै पाएको अनुभव सुनाउँदै गायक बज्राचार्यले यहि भ्रमको आँधीबेरीको कथाले नै ‘राति’ गीत र भिडियो बनाउने प्रेरणा मिलेको बताए । उनले थपे, ‘कालो शक्ति अर्थात नेगेटिभ इनर्जीसँग पोजिटिभ इनर्जीको विजयको सांगीतिक संकेत हो ‘राति ’।

सुन्दरता, लोभ र लालचको सैतानलाई हाम्रो आफ्नो कला संस्कृतिभित्रको ‘लाखे’ तथा ‘झाँक्री’ रुपी सकारात्मक सोचले पराजित गरेको कथालाइ नै ‘राति’ को भिडियोमा समेटिएको उनले खुलाए । भिडियोमा फ्रान्सेली युवती मार्गट अरनाउडलाइ फिचारिङ्ग गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७