बिहेकै दिन बेहुलीले बच्चा जन्माएपछि


२४ पुष २०७४, सोमबार
26647946 2076533929242387 1589619527 n

एजेन्सी: जब कुनै युवतीले आफ्नो बिहेकै दिन बच्चा जन्माउँछिन् भने त्यो घटना हाम्रो समाजमा त पाच्य हुने खालकै हुँदैन । किनकी हामीकहाँ विवाह अघिको यौन सम्बन्ध बर्जित छ सामाजिक रुपमा ।26647946 2076533929242387 1589619527 n

तर बेलायतमा चाहीँ हालै यस्तै भएको छ । बेहुली आफ्नो बिहेकै दिन वेडिङ गाउनमै अस्पताल गइन् र केही बेरमै छोरी जन्माइन् । यो थाहा पाउँदा बिहेमा आएका सबै पाहुना तिनछक परे । वेष्ट मिडल्याण्डमा बस्ने १९ वर्षकी डेनी माउन्टफोर्डको विवाह १८ वर्षका कार्ल नामक युवकसँग भैरहेको थियो । डेनी र कार्ल केही वर्षदेखि रिलेसनसीपमा थिए ।बिहेको समारोह सम्पन्न भएसँगै प्रीतिभोज चलिरहेको थियो । उक्त रिसेप्सनमा नाच्दा नाच्दै अचानक डेनीको पेट दुख्न सुरु भयो र बेहुली गाउनमै उनलाई अस्पताल लगियो । बेहुला कार्ल पनि उनीसँगै अस्पताल गए । पाहुनाहरु भने रिसेप्सनमै मग्न थिए । भोज चलिरहेकै बेलामा खबर आयो की नव बेहुली डेनीले बच्चा जन्माइन् । अनि बिहेकै दिन डेनी रर कार्ल बाउआमा बने ।

गत डिसेम्बर १८ को घटना हो यो । डेनी ९ महिनाकी गर्भवती थिइन् । उनको लागि जनवरी महिनाको डेलिभरी डेट दिइएको थियो । त्यसैले उनीहरुले डिसेम्बर महिनामै बिहे गर्ने निधो गरे । तर डाक्टरले दिएको भन्दा छिटो उनी सुत्केरी भइन् र बिहेको दिनमै छोरी पाएर किर्तिमान राखिन् । अब यो जोडीले आफ्नो एनिभर्सरी र बच्चाको बर्थडे सँगै मनाउनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७