दलहरुले अध्ययन गर्ने कुरा अर्कै हो, एमसीसी पास हुन्छ : प्रधानमन्त्री


३ फाल्गुन २०७६, शनिबार
kp oli 5 scaled

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने स्पष्ट पारेका छन् ।

आफ्नो नेतृत्वको सरकारले दुई वर्षमा गरेका कामबारे शनिबार संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले सरकार एमसीसी पास गर्ने पक्षमा रहेको प्रष्ट पारे । एमसीसीबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद भएपछि अध्ययन गर्न कार्यदल नै बनाएको छ ।

तर नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘एमसीसीबारे विवाद होला, अलिअलि बुझ्न बाँकी होला । राजनीतिक दलहरुको विषय होला । राजनीतिक दलहरुले अध्ययन गर्लान्, यो अर्कै कुरा हो । तर सरकारले अनुमोदनका लागि संसदमा पेश गरेको छ । सभामुखले निर्णयार्थ पेश गर्नासाथ पास हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७