प्रदेश-२ का मन्त्री साहलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा, १० जना पक्राउ


३ फाल्गुन २०७६, शनिबार
state

जनकपुरधाम, ३ फागुन । प्रदेश–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई आफ्नै पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । कालो झण्डा देखाउन पुगेका राष्ट्रिय जनता पार्टीका १० कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

आज (शनिबार) बिहान ११ बजे जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको निरीक्षण गर्न पुगेका मन्त्री साहलाई कालो झण्डा देखाउन पुगेका राजपाका विद्यार्थी नेताहरू रोशन मिश्रा, दिनेश यादव, वीरेन्द्र साह, शिवशंकर साह, करण मिश्रालगायतलाई पक्राउ गरिएको धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए ।

जानकी हेल्थ केयर अस्पतालमा आज आयोजित खोप कार्यक्रममा सहभागी हुन मन्त्री साह त्यहाँ पुगेका थिए । ती विद्यार्थी नेता अस्पताल अगाडि नै कालोझण्डाका साथै मोसो दल्ने योजनाका साथ अस्पताल बाहिरै बसेपछि मन्त्री साह डेढ घण्टा ‘बन्दी’ भएका थिए ।

शुक्रबार राजपा नेपालका धनुषा जिल्ला अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानुसहित केही नेता मन्त्री साहको चेम्बरमा मन्त्रालय र मन्त्रीको कामकारबाहीको विषयमा असन्तुष्टि व्यक्त गर्न पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७