ए डिभिजन लिग: पहिलो हाफमा मछिन्द्रलाई अग्रता


३ फाल्गुन २०७६, शनिबार
machindra

काठमाडौं,३ फागुन । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी खेल ए डिभिजन लिगको पहिलो हाफमा मछिन्द्रलाई अग्रता १-०को अग्रता लिएको छ ।


सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा अहिले त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

 पहिलो हाफ सकिदा मछिन्द्रले १-० को अग्रता बनाएको छ । खेलको ३३ औं मिनेटमा मछिन्द्रले आत्मघाती गोलबाट अग्रता बनाएको हो ।

रञ्‍जित धिमालको फ्रिकिक क्लियर गर्ने क्रममा आर्मीका विकास तामाङले आफ्नो पोस्टमा गोल गरेका थिए ।फाइनल सरह रहेको लिगको अन्तिम खेलमा दुवै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।

अन्तिम खेलमा मछिन्द्रलाई जित अत्यावश्क रहेको छ । आर्मीलाई भने बराबरीले उपाधि जित्न प्रयाप्त हुनेछ । शीर्ष स्थानको आर्मीको २९ अंक रहदा मछिन्द्रको २८ अंक रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७