ब्रिटिस गोर्खा भुपू सैनिकको विभेद अन्त्यका लागि सरकारले थाल्यो पहल


३ फाल्गुन २०७६, शनिबार
geaso krishna kumar rai

काठमाडौं, ३ फागुन । ब्रिटिस गोरखा भूतपूर्व सैनिकहरुमाथिको विभेद अन्त्यका सरकारले पहिलोचाटी सार्थक पहल थालेको छ ।

ब्रिटिस गोर्खा सैनिकमाथिको विभेद अन्त्यका लागि सरकारले बेलायत सरकारलाई सम्बोधन गर्दै पत्राचार गरेको छ । नेपाल सरकारले नै पत्राचार गरेर गोर्खाहरुमाथि भएको विभेदबारे बेलायत सरकारको ध्यानाकर्षण गराएकोमा गोर्खा भूपू सैनिकहरु खुशी व्यक्त गरेका छन् ।

ब्रिटिस गोर्खा सैनिकमाथि भएको विभेदबारे करीब तीन दशकदेखि आन्दोलनरत गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले विज्ञप्तिमार्फत् नेपाल सरकारले गोर्खा सैनिकमाथिको विभेद अन्त्यका लागि सरकारले लिएको कदमको स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

आफूहरुले द्विपक्षीय वार्तामार्फत गोर्खामाथि भएको विभेदको अन्त्य हुनुपर्ने अडान राख्दै आएको भन्दै गेसोले नेपाल सरकारले सो वार्ताका लागि पत्राचार गरेर प्रक्रिया सारेकोमा खुशी व्यक्त गरेको छ । गेसोले लामो समयदेखि गोर्खा भुतपूर्व सैनिकमाथि बेलायत सरकारले सेवा सुविधामा विभेद गरेको भन्दै विभिन्न दवावमुलक कार्यक्रम गर्दै आएको छ ।

gaeso 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७