कोरोनाभाइरस सङ्क्रमित पहिलो नेपाली अहिले ‘पूर्ण स्वस्थ’


३ फाल्गुन २०७६, शनिबार
corona2020 01 31 03 59 48
फाइल तस्बिर

काठमाडौं, ३ फागुन । कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका नेपालका प्रथम र एक मात्र व्यक्ति अहिले पूर्ण स्वस्थ भएर आफ्नो दैनिकीमा फर्किसकेका छन्।

ती ३१ वर्षीय व्यक्ति चिनियाँ सहर वुहानबाट रुघाखोकी लागेको अवस्थामा खुन्मिङ हुँदै विमानबाट काठमाडौं आएकाे थिए।  उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई सामान्य औषधिका अतिरिक्त अलि फराकिलो दायराको हुने ब्रोड स्पेक्ट्रमको एन्टिबायोटिक औषधि दिइएको थियो।  चिकित्सकहरूका अनुसार नेपालका पर्रथ पहिलो कोरोनाभाइरस सङ्क्रमित व्यक्ति अहिले पूरै स्वस्थ भइसकेका छन्।

३१ वर्षीय व्यक्ति चीनको वुहान सहरमा अध्ययन थिए । ज्यानुअरी र फेब्रुअरीमा विश्वविद्यालयमा जाडोको छुट्टी हुने भएकोले मा वुहानबाट खुन्मिङ हुँदै नेपाल आएका थिए। कोरोनाभाइरस सङ्क्रणा शङ्का लागेर ज्यानुअरी १३ तारिखमा काठमाडौंको टेकु अस्पतालमा गएर उपचार गराएको थिए ।  वुहानबाट आएको थाहा पाएपछि चिकित्सकले निरीक्षणमा राखेर उपचार गराएको थियो ।

त्यसपछि टेकु अस्पतालमै राखेर उपचार गराएको थियो । कोरोनाभाइरस सङ्क्रमणको आशङ्कापछि खकारको नमुना जाँचको लागि हङकङ पठाइएको थियो। हङ्‌कङबाट खकारको नमुना परीक्षणबाट कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो। केही दिनपछि पुर्न परीक्षण गरियो। त्यतिबेला कोरोनाभाइरस सङ्क्रमणमुक्त भइसकेको पुष्टि भयो।

नेपालीलाई लिन वुहान उड्यो वाइडबडी जहाज

चीनको वुहानबाट नेपाल फर्कने बस चढेका नेपालीहरूकाे खुसी तस्बिरमा

के हो कोरोना भाइरस ?
विश्व स्वास्थ्य संगठन (WHO)का अनुसार कोरोना भाइरसको समूह हो। जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ। कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ। यसले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने अनि मानिसको मृत्युसम्म हुन्छ।

अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो। जुन पहिले मानिसमा पहिचान भएको थिएन। डब्लुएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मार्स) र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) को समस्या निम्त्याउँछ।

कसरी थाहा पाइन्छ ?

जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी सुरक्षित रहने ?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७