वुहानबाट उद्धार गरिएका सबैलाई पुर्‍याइयो खरिपाटी

दैनिक दुई पटक ज्वरो नापिने, २४ घण्टाभित्र सबैको र्‍यालको नुमना परीक्षण


४ फाल्गुन २०७६, आईतवार
korona 10

काठमाडौं, ४ फागुन । चीनको वुहान शहरबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपाली सबैलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि सीधै क्वारेन्टाइनमा लगिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उदगमस्थलबाट ल्याइएकाले उनीहरु सबैलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने जनाइएको छ ।

उद्धार गरिएकाहरुलाई विमानस्थलबाट खरिपाटीसम्म पुर्‍याउन पाँच वटा बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो । ती गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेको थियो । खरिपाटीमा राष्ट्रिय प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले उनीहरुको नमूना परीक्षण गर्नेछन् । नमूना परीक्षण गर्दा कुनै शंका लागेमा उनीहरुलाई बिभिन्न अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने अधिकारीहरुले बताएका छन् ।

वुहानबाट नेपाल फर्किएकाहरुमा १७० जना विद्यार्थी, एक जना कामदार, दुई जना पर्यटक तथा दुई जना नाबालक रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । ६ जनामा भने ज्वरो देखिएको भन्दै चीनले वुहान विमानस्थलमै रोकेको छ । तीन जना भने नेपाल फर्कन इच्छा नदेखाएर वुहानमै बसेका दूतावासले जनाएको छ ।

दैनिक दुई पटक ज्वरो नापिने, २४ घण्टाभित्र सबैको र्‍यालको नुमना परीक्षण
सरकारले चीनमा रहेका १७५ नेपालीलाई उद्धार गरेर नेपाल ल्याएको छ । उनीहरुलाई त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य जाँचपछि खरिपाटीस्थि क्वारेन्टाइनमा लगिएको छ ।
वुहानबाट उडेको विमान आज बिहान ३ः३८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

खरिपाटी क्वारेन्टाइनमा उनीहरुलाई बस्न विशेष व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै बसोबासको तयारी गरेको छ ।

क्वारेन्टाइनमा रहेका सबैको हरेक दिन दुई पटक ज्वरो नाप्ने काम हुनेछ । यसका लागि क्वारेन्टाइनमा हरेकका लागि छुट्टा छुट्टै थर्मोमिटरको व्यवस्था गरिएको छ । उक्त थर्मोमिटरको माध्यमबाट उनीहरुले शरिरको तापक्रम जाँच गरि तोकिएको ढाँचामा अभिलेख गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य मन्त्रालयबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले उनीहरु सबैको २४ घण्टाभित्र थ्रोट स्वाब (घाँटीको र्‍याल) को नमुना झिकेर प्रयोगशालामा पठाउने छ । यसका साथै १४ औं दिनमा पनि र्‍यालको नमुना परीक्षण हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७