बस र ट्रक ठोक्किँदा तीन जना घाइते


४ फाल्गुन २०७६, आईतवार
Bus accident दुर्घटना 1

चितवन, ४ फागुन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्फ आइरहेको लु १ ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना ६ ख ३४३४ नम्बरको ट्रकलाई गए राति ठक्कर दिएको थियो ।

घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र ठक्कर खाने दुवै सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७