सरकारले पास मार्क पनि ल्याउन सकेन : कांग्रेस


४ फाल्गुन २०७६, आईतवार
bishwaprakash sharma
फाइल फोटो

काठमाडौं, ४ फागुन । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको दुई वर्ष हेर्दा पास मार्क दिन नसकिने टिप्पणी गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारको दोस्रो वर्षको समीक्षा गर्दै कांग्रेसले पास मार्क समेत दिन नसकिने बताएको हो । प्रधानमन्त्री ओलीले भने शनिबार संसदलाई सम्बोधन गर्दै सरकारले असाधारण काम गरेको दाबी गरेका थिए ।

त्यसको भोलिपल्ट (आइतबार) पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहज समयको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सरकार असफल भएको बताए ।

शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचनमार्फत तुलनात्मक रुपमा सहज राजनीतिक वातावरण बनेको, नेकपाको बहुमत र लामो समय तेस्रो दलको साथका कारण बनेको दुई तिहाई र शालिन प्रतिपक्षका कारण सरकारलाई सहज समय भएको भन्दै उनले थपे, ‘अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकूल परिस्थितिलाई स्वयं आफैले क्रमशः प्रतिकूल बनायो ।’

प्रधानमन्त्री केपी ओलीले आफ्नो दुई वर्षे कार्यकाल विकास र सम्मृद्धिका लागि उत्साहप्रद रहेको बताएको भोलिपल्ट प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नेकपा नेतृत्वको सरकारको दुई वर्षे अवधिलाई अयोग्यता, असफलता र अधोगातिको आठकोणको संज्ञा दिएको छ ।

कांग्रेसले आईतबार पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै पाँच वर्षका लागि म्याण्डेट प्राप्त सरकारको सफलता–असफलता र सम्भावनाको विश्लेषण गर्न बितेको ४० प्रतिशत समयावधि पर्याप्त भएको भन्दै यो अवधिमा सरकारका सामु जनअपेक्षा अनुरुप काम गर्न मूलतः ३ अनुकूल परिस्थिति रहेपनि सो अनुसार काम गर्न नसकेको दावी गरेको छ ।

जसमा शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचनमार्फत् मुलुकमा निर्मित तुलनात्मक सहज राजनैतिक वातावरण, नेकपासँग रहेको बहुमत एवम् संसदमा रहेको तेस्रो दलको सरकारमा सहभागितापछि एक समयसम्म निर्मित दुई तिहाई मत र तुलनात्मक रुपले जिम्मेवार र सालिन प्रतिपक्षको उपस्थिति रहेको कांग्रेसले जनाएको छ । शर्माले बाँकी तीन वर्षमा सरकारले कति आफ्नो लक्ष्य हासिसल गर्ने सम्भावना छ भन्ने दुई वर्षे लक्ष्यको वेहालतले धेरै प्रष्ट्याउने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७