गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन सुरू,बाबुरामदेखी गगनसम्म सडकमा
काठमाडौं: अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा.गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।
डा। केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यहीबीच उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत हजारौंको सङ्ख्यमा सडकमा उत्रिएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन् ।
चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि डा। केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए ।
अनसनलगत्तै सर्वोच्चले उनलाई सोमबार राति पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखेको थियो । मंगलबार अदालतमा उपस्थित हुन आदेश दिएको थियो । डा. केसीलाई अहिले ९ बजे अदालतमा सर्वोच्च अदालतमा उपस्थित गराइँदैछ ।