नेपालमा फेरि पश्चिमी वायुको प्रवेश, बर्षाको सम्भावना


५ फाल्गुन २०७६, सोमबार
kathamandu

काठमाडौं, ५ फागुन । नेपालमा फेरि पश्चिमी वायु प्रवेश गरेको छ । बुधबार विहानदेखि प्रवेश हुने पश्चिमी वायुका कारण मौसममा बदली आउने मौसमविदहरुले जानकारी गराएका छन् ।

बुधबार बिहानैदेखि नेपालमा पश्चिमी वायुको प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताएकी छन् । यसले कति दिन र कस्तो प्रभाव पार्नेछ भन्ने कुरा पश्चिमी वायु प्रवेश गरेपछि अनुमान गर्न सकिने बताउँदै नगरकोटी भन्छिन्, ‘त्यही दिन (बुधबार) चाहिं देशका पहाडी भेगका केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ ।’

उनका अनुसार मौसम बदली भने देशभरै गराउने छ । मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने भएकाले बुधबारपछिको अवस्था पछि नै भन्न सकिने मौसमविद् नगरकोटीले बताएकी छन् ।

यसैबीच आज (सोमबार) पनि मध्य तथा पूर्वी पहाडका आइसुलेटेड (निश्चित एक–दुई ठाउँ) स्थानमा हल्का वर्षा हुने सम्भावना छ । आजको सम्भावित वर्षा नेपालको स्थानीय वायुबाट विकसित प्रणालीको प्रभावले हुने हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७