गगनको चुनौतीःश्रीमान्,’डा.केसीलाई मुद्दा लाग्छ भने हामी सबैलाई पनि मानहानी मुद्दा लगाइयोस्’ (भिडियो)


२५ पुष २०७४, मंगलवार
gagan tapa

काठमाडौं: नेपाली कांग्रेसका नेता गगन थापाले डा.गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्नेलाई पनि अदालतको मानहानी मुद्दा लगाउन चुनौती दिएका छन् ।gagan tapa

डा। केसीलाई पक्राउ गरेको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेता थापा, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र पनि सहभागी भएका थिए ।

प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले आफूहरुको प्रदर्शन अदालतको सम्मान बढाउन भएको बताए । विगतमा राजाविरुद्ध बोलेको अभियोगमा आफूविरुद्ध राजद्रोहको मुद्दा लागेको र बहसका क्रममा युवाहरु अदालत पुगेको स्मरण गर्दै उनले भने, ‘मेरो पक्षमा बहस गरिरहनु भएकाले सुवास नेम्वाङले श्रीमान्, एकछिन कुर्नुस्, बाहिर के नारा लागिरहेको छ सुनौं । तल नारा लाग्यो ज्ञाने चोर देश छोड । त्यसपछि सुवास नेम्वाङले भन्नुभयो, श्रीमान यदि मेरो पक्षमाथि जे बोल्यो भनेर मानहानी लागेको छ, त्यो राजद्रोह हो भने तल आएका सबै राजद्रोही हुन् । सबैलाई एकै पटक सजाय दिनुपर्छ ।’baburam

त्यसपछि आफूहरु तारेखमा रिहा भएको स्मरण गर्दै गगनले भने, ‘आज म त्यही दिन सम्झिएर सम्मानित अदालतप्रति इज्जत गर्दै आग्रह गर्न चाहन्छु । श्रीमान, डा.गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैैलाई त्यो मानहानी लागोस् ।’

यो एउटा व्यक्तिसँग सम्वन्धित नभएको भन्दै उनले अदालतप्रति सम्मान रहनुपर्छ भन्ने मूल्यमाथि धावा बोलिएको प्रतिरोध भएको बताए । उनले अघि भने, ‘यो सम्मानित अदालत कुनै कानुनको धारामा होइन, जनताको विश्वासमा अडिएको हुन्छ र जनताको विश्वास गुमाएको दिन लडखराउँछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७