प्रधानमन्त्रीको जिज्ञासा : ‘सरकारको प्रगतिमा किन पीर ?’

काठमाडौंमा बिजुलीका तार भूमिगत बनाउन शुरु, प्रधानमन्त्रीद्वारा शुभारम्भ


५ फाल्गुन २०७६, सोमबार
Pm Kp Oli

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले विकास निर्माणको काम भइरहेको नदेखेको र बाँसुरी बजाएको मात्र देखेको भन्दै गुनासो पोखेका छन् ।

सोमबार बिहान काठमाडौंमा जमिनमुनी तार बिछ्याउने कामको शुरुवात गर्दै उनले सञ्चारमाध्यमसँग गुनासो गरेका हुन् । उनले भने, ‘सञ्चारमाध्यमले विकास भएको लेख्दैनन्, बाँसुरी बजाएको समाचार छाप्छन्, बाँसुरी बजाएको फोटो हाल्छन् ।’ उनले देशभरका तुइन विस्थापित गर्ने काम भइरहेको भए पनि सञ्चारमाध्यले यसको पनि भ्रम फैलाउने काम गरेको आरोप लगाए ।

‘दार्चुला पुगेर दुई वटा तुइनको फोटो खिच्छन्, यिनलाई मान्नैपर्छ’ प्रधानमन्त्रीले भने । सरकारको बिरोध गर्नकै लागि दार्चुला पुगेर तुइनको फोटो खिचेको उनले आरोप लगाए ।

केही बुद्धिजीवि र सञ्चारमाध्यमले विकास देख्न नसकेको पनि उनले आरोप लगाए । ‘सरकारको प्रगतिमा किन पीर गरेको होला ?’ प्रधानमन्त्रीको प्रतिक्रिया थियो ।

काठमाडौंमा बिजुलीका तार भूमिगत बनाउन शुरु, प्रधानमन्त्रीद्वारा शुभारम्भ

काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार) लाई भूमिगत बनाउने काम शुरु भएको छ । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम शुरु गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गरेका छन् ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ । २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।

त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने ।

ती क्षेत्रमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजका क्रमशः करिब २ सय र ४ सय किलोमिटर तार भूमिगत गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । साथै त्यहाँ करिब २ सय किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने जनाइएको  छ।

उक्त कार्यका लागि निर्माण व्यवसायी केइआई इन्डट्रिज लिमिटेडसँग मार्च २०१९ मा ठेक्का सम्झौता भै अक्टोबर २०२१ सम्ममा कार्य सम्पन्‍न गर्ने लक्ष्य रहेको छ । एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा संचालित यस आयोजनाको कूल ठेक्‍का सम्झौता रकम करिव रु. ७ अर्ब रहेको छ। 

दोश्रो चरण अन्तर्गत काठमाडौकाबांकीभाग, ललितपुर र भक्तपुरकामुख्यमूख्य सडकमा तार भूमिगतगर्नको लागिवोलपत्रको विभिन्न चरणमा रहेको छ । साथै  पोखरा, भरतपुर लगायतका देशका मुख्य मुख्य शहरहरुमा समेत भूमिगत तार विछ्याउनको लागि सर्भेक्षण कार्य थालनी गरिएको छ ।

हाल भइरहेको ओभरहेड वितरण प्रणाली भन्दा भूमिगत प्रणाली सूरक्षित, भरपर्दो हुनुका साथै शहरी सौन्दर्यता कायम राख्‍नसमेत मद्दत पुग्नेछ । आगामी दिनमा काठमाडौ भित्र हालको वितरण प्रणालीले बढ्दो विद्युत मागलाई धान्न नसक्ने र थप ओभरहेड लाईनहरु वनाउन सक्ने अवस्था पनि नरहेको हुंदा भूमिगत वितरण लाईन वाहेक काठमाडौको विद्युत माग धान्न सक्ने अर्को विकल्प छैन । वितरण लाईन मात्र हैन प्रसारण लाईनलाई समेत शहरको भित्री भागसम्म भूमिगत ल्याउने कार्यक्रम अगाडि बढाएको छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७