मीठो खाना नबनाएको भन्दै कुटपिट गर्दा मृत्यु


२५ पुष २०७४, मंगलवार
death मृत्यु
फाइल तस्बिर

काठमाडौं: आवास निर्माणका लागि नुवाकोट आएका बर्दिया राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको कुटपिटबाट मंलबार मृत्यु भएको छ ।

death मृत्यु
फाइल तस्बिर

विदुर नगरपालिका–२ स्थित शेरामा आवास निर्माणका लागि आएका ३६ वर्षका सिग्देलको कामगर्न सँगै आएका छिमेकी २२ वर्षीय सन्तोष रोकाको कुटपिटबाट मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिएको छ ।
आइतबार राति दुई जनाबीच विवाद उत्पन्न हुँदा रोकाले सिग्देललाई लात्तीले प्रहार गरी मुटुमा चोट पु¥याएकाले नुवाकोटमा उपचार हुन नसकेपछि सोमबार साँझ काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो । उपचारको क्रममा उनको मंलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार कामदारहरुले आलोपालो गरी खाना पकाउने गरेकोमा सिग्देलले बनाएको खाना ‘मीठो नभएको’ भन्ने विषयमा विवाद उत्पन्न हुँदा कुटपिट भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७