अन्तर्राष्ट्रिय वौद्ध सम्मेलनको औपचारिक तयारी शुरु


५ फाल्गुन २०७६, सोमबार
y2

काठमाडौं, ५ फागुन । २०७७ सालको बैशाख २३–२५ मा हुने २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक तयारी आज (सोमबार) बाट शुरु भएको छ ।

सम्मेलन मूल आयोजक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराइको अध्यक्षतामा आज पहिलो बैठक बसि सम्मेलन तयारीको काम शुरु गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराइले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने विभिन्न आयाममध्ये बुद्धको जन्मस्थल पनि एउटा भएको भन्दै यो सम्मेलनले नेपाललाई त्यहि उचाइबाट चिनाउन सफल हुने बताए ।

लुम्बिनी र बुद्धका बारेमा जति धरै चर्चा गर्‍यो, नेपालको छवी त्यति नै माथि जाने उल्लेख गर्दै मन्त्री भट्टराइले यो बौद्ध सम्मेलनलाई भ्रमण वर्ष २०२० को अवसरसँग पनि जोडेर हेर्नुपर्ने बताए । सम्मेलनमा बुद्ध र बुद्धिज्मको अध्ययन तथा अनुसन्धानका लागि आउनेहरुबाट नेपाल भ्रमणको प्रचारमा पनि ठूलो टेवा पुग्ने उनको भनाई थियो ।

विगतमा बौद्ध सम्मेलन गर्दा हलको समस्या भोग्नु परे पनि यस पटक नेपाल सरकारले पाँच हजार जना अट्ने सभाहल (विश्व शान्ति ध्यान केन्द्र) बनाएको र यो पटक सम्मलन त्यहि स्थानमा हुने भन्दै मन्त्री भट्टराइले यस पटक सम्मेलनका बेला लुम्विनी अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सञ्चालनमा ल्याउने अधिकतम प्रयास भइरहेको जानकारी गराए ।

सम्मेलन सम्पन्न गर्न सरकारले यसअघि नै आयोजक समितिको सदस्य सचिवमा पासाङ शेर्पालाई नियुक्त गरेको छ । मन्त्री अध्यक्ष रहने आयोजक मूल समितिमा ९५ जना सदस्य रहेका छन् । आजको बैठकले सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न करिव २० वटा विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।

y1

जसमा अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन, आर्थिक व्यवस्थापन, कपिलवस्तु समन्वय, रामग्राम समन्वय, देवदह समन्वय, प्राज्ञिक, अन्तरनिकाय समन्वय, सुरक्षा प्रवन्ध, अतिथि सत्कार, कार्य सम्पादन, आवास प्रवन्ध, यातायात प्रवन्ध, स्वयंसेवक व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचारप्रसार, साँस्कृतिक तथा प्रवर्धन, हस्तकला व्यवस्थापनलगायत छ ।

सम्मेलनमा भाग लिनका लागि श्रीलंकाका राष्ट्रपति, थाइल्याण्डका प्रधानमन्त्री, म्यानमारका स्टेट काउन्सिलर, भारत, चीन, भियतनाम, कम्बोडिया, लाओस, जापान, दक्षिण कोरिया, भुटान, मंगोलिया, मलेसिया, सिंगापुर, बंगलादेश, अमेरिका, बेलायत, रसिया, कोस्टारिका, फ्रान्स र जर्मनका संस्कृति तथा धार्मिक मामिलामन्त्री तथा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वानकिमुन, भारतका सिक्किम, लद्धाख, अरुणाञ्चल, उत्तर प्रदेश, विहार, पश्चिम बंगाल, उत्तराखण्डका मुख्यमन्त्री, तिव्वतका गर्भनरका साथै युएन डब्लुटिओका महासचिवलाई पनि आमन्त्रण गरिने भएको छ ।

यस पटक सम्मेलन साताव्यापी मनाउने निर्णय पनि बैठकले गरेको छ । जसमा पहिलो दिन बैशाख १९ लुम्बिनी, भैरहवा, कपिलवस्तु, रामग्राम क्षेत्र सरसफाई, २० गते लुम्बिनीमा रक्तदान, २१ गते रुपन्देही र कपिलवस्तुका विभिन्न स्थानमा बृक्षारोपण, २२ गते म्याराथुन दौड र साँस्कृतिक कार्यक्रम रहेका छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय सम्मेलनका तीन दिन अहोरात्र परित्राण पाठ, विश्वशान्ति र्‍यालीलगायतका कार्यक्रम गरिने भएको छ । नेपालले सन् २०१६ देखि दुई–दुई वर्षको अन्तरालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७