अमेरिकन आइडलमा नेपाली युवा टप २० मा (भिडियोसहित)


५ फाल्गुन २०७६, सोमबार
amrican idal scaled

काठमाडौं, ५ फागुन । अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल छानिएका छन्। आइडलको १८ सिजनमा आइतबार टप २० छानिएको थियो।

काठमाडौंमा जन्मिएका दिवेशको स्टेज नाम आर्थर गन रहेको छ। नमस्ते गर्दै स्टेजमा प्रवेश गरेका उनले बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’गाएका थिए। पोखरेल अमेरिकाको कन्सास राज्यको विचिटामा बस्दै आएका छन्। उनको पहिलो गीतमा निर्णायक मण्डलले सन्तुष्टि जनाउँदै तालि बजाएका थिए। त्यसपछि दिवेशले अर्को गीत गाए। अर्को गती पछि उनको प्रसंशा मात्रै भएन निर्णायक मध्येका लियोनल रिचीले उनलाई अंकमाल समेत गरे।

दिवेश पाँच वर्ष अघि अमेरिका आएका थिए। उनले केही नेपाली गीत समेत गाएका छन्। उनले गाएका गीत युट्युवमा सुन्न सकिन्छ।

निर्णायक मण्डलका सदस्यहरुले प्रस्तुति पछि उनको गायनको प्रशंसा गर्दै ट्वीट समेत गरेका छन्। केटी पेरीले भनेकी छन्, ‘तिमी बेष्ट हौं। यही नै अमेरिकन सपना हो। तिमीले अमेरिकन आइडलमा नमस्ते गर्न सक्छौं। म मा भएको प्रकाशले तिमीमा पनि प्रकाश देखिरहेको छ।’

भिडियोसहित

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७