ससुराद्वारा बुहारीमाथि वक्र नजर


२५ पुष २०७४, मंगलवार
buhari

वीरगञ्ज : बुहारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा बीरगञ्जका कानुन व्यवसायी ४५ वर्षीय शेख मन्सुर बाबुविरुद्ध प्रहरीमा उजुरी परेको छ । राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्ष शेखचान्द ताराका श्रीमान शेख मन्सुर बाबुले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै उनकै बुहारी १८ वर्षीया आयरा खातुनले प्रहरीमा उजुरी दिएकी हुन् । मन्सुर बाबुको कान्छी श्रीमती शकिला खातुन भनिने ‘शोसिला देवी’ पनि छिन् । कान्छी श्रीमतिकै कोखबाट जन्मेका शेख विकाउ भनिने ‘बिकाउ पटेल’ कि श्रीमती आयरा खातुनले ससुरा पर्ने शेख मन्सुर बाबुमाथि उजुरी गरेकी हुन् ।buhari

बारा कलैया–२४ मनहर्वा पीडित आयराको माइत घर हो । विकाउ र आयराको शेखमन्सुर बाबुले छोरा मानेर दुई महिना अगाडि दुबैको विवाह गराएका थिए । बलात्कारको प्रयासमा शेख मन्सुर बाबुलाई उनको कान्छी श्रीमती शोसिला देवीले सघाएको पीडित पक्षको आरोप छ ।
‘मेरो सासुले नै पटक–पटक ससुरासँग गएर सुत भन्थिन्’–आयराले भनिन्–ससुराले सवेदनशील अङ्ग समातेर ओछ्यानमा लडाएपछि घरबाट भागे । उनी ससुरा होइन राक्षस हो ।

आफूमाथि अन्याय गर्नेलाई तत्काल कार्वाही गर्न पनि आयराले प्रहरी समक्ष माग गरेकी छन् । पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मी मन्सुर बाबुले किशोरीलाइ यातना दिएको जानकारी आएपछि दुबै पक्षलाई बोलाएर बयान लिइरहेको बताउँछन् । एसपी रेग्मीले भने–‘अनुसन्धान भइरहेको छ, दोषी भेटिए कानुन बमोजिम कार्वाही गर्छौ ।’ यता बलात्कारको बात लागेपछि मन्सुर बाबुले भने उजुरीकर्ता किशोरीले पैसा र जग्गाको लोभमा झुटो मुद्दा दिई फसाउन खोजेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७