कीर्ते कागज बनाएर करोडौंको सार्वजनिक जग्गा विक्री, सात जना पक्राउ


६ फाल्गुन २०७६, मंगलवार
pakrau

बारा, ६ फागुन । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गतको करोडौं मूल्यको सार्वजनिक जग्गा बेचबिखन गरेको आरोपमा प्रहरीले सात जनालाई प्रक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमराले आज विभिन्न सूचनाका आधारमा कीर्ते कागजात बनाई जग्गा बेचबिखन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बारा महागढीमाई–८ का बोहाब अन्सारी, बारा कलैया–६ का प्रल्हादप्रसाद रेग्मी, कैलालीको गोदावरी नगरपालिका–५ का बहादुर सिंह, दाङको घोराही उपमहानगरपालिका–१८ का हस्तबहादुर नेपाली, वीरगञ्ज महानगरपालिका–१८ का बलराम रौनियार, वीरगञ्ज नगरदाहका सलिम मिया र वीरगञ्ज बैरीयाका सुनिलकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

सर्वोच्च अदालतको ‘लेटर प्याड’ स्टाम्प, कीर्ते हस्ताक्षरको माध्यमबाट करोडौं मूल्यको सार्वजनिक सम्पति व्यक्तिको नाममा ल्याएको भन्दै प्रहरीले सक्रियता बढाएको थियो । यसमा संलग्न अरुहरुको पनि खोजी भइरहेको सीमराका प्रहरी नायव उपरक्षक गोविन्द पुरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७