महराको थुनामुक्तबारे सदनलाई जानकारी


६ फाल्गुन २०७६, मंगलवार
krishna bahadur mahara
फाइल फोटो

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त भएको जानकारी गराइएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको फैसलाबारे उक्त जानकारी गराएका हुन् । बैठकलाई जानकारी दिइएपछि सांसद महराको निलम्बन फुकुवा भएको छ ।

तत्कालीन सभामुख महराले सो प्रकरणपछि सभामुख पदबाट महरलाई पक्राउ पुर्जी जारी भएका बारे महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको गत असोज १९ गते संसद्लाई पत्राचार गरेपछि उनी निलम्बित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७