घरमा बम राखेर फिरौती मागेको भन्दै सेनाका पूर्व हवल्दार पक्राउ


६ फाल्गुन २०७६, मंगलवार
pakrau

काठमाडौं, ६ फागुन । अर्काको घरमा बम राखेर फिरौती मागेको आरोपमा प्रहरीले एक सेनाका पूर्व हवल्दारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली सेनाका अवकाश प्राप्त हवल्दार राजकुमार सार्की रहेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त चापागाउँको टोलीले सोमबार गोदावरीका शुकराम मिजारको घरमा ग्रिनेड बम राखेर सार्कीले पैसा मागेको आरोपमा उनलाई पक्राउ गरेको हो ।

तर, सेनाको बम डिस्पोजल टोलीले उक्त बम निस्क्रिय पारेको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको प्राविधिक सहयोगमा चापागाउँ प्रहरीले आरोपितलाई पक्राउ गर्न सफल भएको एसएसपी सहकुलबहादुर थापाले जानकारी दिएका छन् । सार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७