भरत खवासले जिते बर्ष उत्कृष्ट फुटबलरको अवार्ड


६ फाल्गुन २०७६, मंगलवार
bharat khawas

काठमाडौं, ६ फागुन ।  राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवासले ‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड जितेका छन् ।  नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले मंगलबार काठमााडौंमा आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा फुटबलतर्फ भरत वर्षको उत्कृष्ट खेलाडी चुनिदै वर्ष उत्कृष्ट खेलाडी अवार्ड जितेका हुन् ।

प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ एनएनआईपिए स्पोर्टस अवार्डमा सर्वोत्कृष्ट खेलाडी घोषित भए । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए)को आयोजनामा १४ औं संस्करणको एनएनआइपिए स्पोट्र्स अवार्ड २०७५ मंगलबार भएको कार्यक्रममा विमल र निमालाई सर्वोत्कृष्ट घोषित गरिएको हो । दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे ।

यस्तै भलिबलतर्फको उत्कृष्ट खेलाडी बन्दै राष्ट्रिय टोलीका सदस्य तथा एपीएफ क्लबकी सरस्वती चौधरीले ‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड जितेकी छिन् । उनले  उदयमान महिला खेलाडी अवार्ड समेत हात पारे । यसका लागि उनले ५० हजार प्राप्त पारिन् ।

एथलेटिक्समा अजित कुमार यादब, टेबलटेनिसमा नविता श्रेष्ठ, बक्सिङमा पुनम रावल, करातेमा विजय श्रेष्ठ, जुडोमा इन्द्र श्रेष्ठ, उसुमा जुनी राई र ब्याडमिन्टनमा दिपेश धामीले वर्ष उत्कृष्ट खेलाडी अवार्ड जिते बसन्तपुर डबलीमा आयोजित अवार्ड कार्यक्रममा २८ खेलका उत्कृष्ट खेलाडी सम्मानित भएका हुन् ।

एनएनआईपीएले गत वर्ष इन्डोनेसियामा आयोजना भएको १८ औं एसियन गेम्समा सहभागिता जनाएको खेल र प्रदर्शनको आधारमा २८ खेलका एक एक उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरेको हो । उत्कृष्ट खेलाडी अवार्ड पाउने २८ खेलका प्रत्येक खेलाडीले जनही १०–१० हजार नगद प्राप्त गरे ।

यस्तै वर्षको उदयमान खेलाडी अवार्डको पुरूषमा एथलेटिक्सका अजित कुमार यादवले । उनले ५० हजार प्राप्त गरे ।

पहिलो अन्तर्रा्ष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ अवार्बाडबाट बक्सिङ प्रशिक्षक मदन गुरुङ सम्मानित भए ।

उनले ३५ हजार प्राप्त गरे । एनएनआईपिए पत्रकारिता पुरस्कारबाट राजेन्द्र चित्रकार सम्मानित भए । उनले २५ हजार प्राप्त गरे । यस्तै प्रज्वल ओलीलाई स्पेशल अवार्ड र खेल पत्रकारमा राजेन्द्र चित्रकारलाई प्रधान गरियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७