रोनाल्डो लुटेरा हुन् : रिबेरी
बार्यन म्युनिखका स्टार फ्र्याक रिबेरीले रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोद्वारा आफू लुटिएको बताएका छन् । सन् २०१३ को बालोन डी’ओरको हकदार आफू रहे पनि रोनाल्डोले अवार्ड पाएकाले उनीबाट आफू लुटिएको उनको आरोप छ ।
सन् २०१३ मा रिबेरी र त्यसअघि लगातार तीन पटक अवार्ड जितेका बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पार्दै रोनाल्डोले अवार्ड जितेका थिए । तर रिबेरी अझै पनि सन् २०१३ को बालोन डी’ओरको हकदार आफू नै रहेको बताउँछन् । फ्रान्सेली खेलाडी रिबेरीले सन् २०१३ मा च्याम्पियन्स लिग र बुण्डेस लिगासहित पाँच उपाधि जितेका थिए ।
तर रोनाल्डोले भने त्यो वर्ष स्पेनिस सुपर कप मात्रै जितेका थिए । बालोन डी’ओर भने रोनाल्डोले नै जिते । छनौट प्रक्रियामा आफ्नै देशको फ्रेञ्च फुटबल म्यागजिनले पनि आफूमाथि अन्याय गरेको रिबेरीले मुण्डो डिप्रोटिभोसँग बताए । उनले भने–‘सन् २०१३ को बालोन डी’ओरमा उनीहरुले मलाई लुटे । त्यो वर्ष मैले धेरै ट्रफी जितें तर, बालोन डी’ओर अरुकै पोल्टामा गयो ।’