२०७६ फागुन ७ गते बुधबारको तपाईको राशिफल


७ फाल्गुन २०७६, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । विशिष्ठ व्यक्तिको साथ पाईने छ । छोटो दूरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दैनिक कार्यमा सफलता पाईने छ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाईने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज रमाइलो यात्राको योग रहेको छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ । मेहनतीहरूका लागि दिन बढी फलदायी रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ । दिनको उत्तरार्ध सुखद् रहने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सरकारी निकाएको भय रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यर्थको सास्ती खेप्नु पर्नेछ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्ने छ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनु पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकांक्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्ने छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहला । आर्थिक कारोवारमा मन्दी आउने छ । घर व्यवहारमा झमेला रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज दैनिक कार्यमा प्रगती हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७