एउटै युवतीसँग दुई शिक्षकको प्रेम, एकले अर्काको हत्या गरेर आफै पनि आत्महत्या


७ फाल्गुन २०७६, बुधबार
Love

काठमाडौं, ७ फागुन । प्रेम सम्बन्धमा खटपट आएका कारण धेरैको ज्यान जाने गरेको छ । अझ यो प्रेम त्रिकोणात्मक छ भने सोच्नुस् त कस्तो होला ? चलत्रित्रको दृष्यमा त यस्तो त्रिकोणात्मक कहानीको अन्त्य दुःखद देखाइएको हुन्छ भने यथार्थमै त्रिकोणात्मक प्रेम सम्बन्धको परिणाम पक्कै सुखद नहुने आम मानिसले अनुमान गर्न सक्छ ।

भारतको उत्तर प्रदेशको मिर्जापुर यस्तै त्रिकोणात्मक प्रेम सम्बन्धले ठूलो अपराधको घटना निम्त्याएको छ । यहाँको एक विद्यालयमा पढाउने दुई शिक्षकको एउटै युवतीसँग प्रेम बस्यो । शुरुमा त एकले अर्कोलाई सम्झाउने कोशिस गरे । तर, जब कुरा मिलेन तब यसमा एक शिक्षकले अर्को शिक्षकको हत्या गरे र त्यसको केही घण्टापछि आफैंले पनि आत्महत्या गरे ।

मिर्जापुरको विंध्याचल थाना क्षेत्रको रैपुरी गाउँमा कुवामा भेटिएको शिक्षक सुरज पाण्डेयको शवबारे पुलिसले मंगलबार खुलासा गरेका छन् । घटनाबारे खुलासा गर्दै पुलिसले सुरजको हत्या उनीसँगै स्कूलमा पढाउने अर्का दुईजना शिक्षक साथीले घाँटी थिची हत्या गरेको जानकारी दिए ।

भारतीय सञ्चार माध्यमलाई पुलिसले दिएको जानकारी अनुसार मृतक सुरज, अनुज र रत्नेश एक नीजि विद्यालयका शिक्षक थिए । सुरज र अनुजको दोस्ती राम्रो थियो । अनुज एक युवतीसँग विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । यसैबीच दुई महिना अघि त्यही युवतीसँग मृतक सुरजको पनि फोनमा कुराकानी हुन थाल्यो । अनुजलाई जब यसबारे थाहा भयो तब उनले सुरजलाई त्यसो नगर्न भने तर सुरज मानेनन् ।

तब अनुजले आफ्ना साथी रत्नेशसँग मिलेर फेब्रुअरी ११ मा सुरजको मफ्लरले घाँटी थिची हत्या गरे र शवलाई कुवामा फ्याँकिदिए । सुरजको मोटरसाइकल पनि दुई किलोमिटर पर फ्याँकियो । सुरजको हत्या पछि अनुजले पनि फेब्रुअरी १३ तारिखमा फाँसी लगाएर आत्महत्या गरिदिए । अनुसन्धानपछि पुलिसले हत्यामा संलग्न सहयोग रत्नेशलाई पक्राउ गर्दै सुरजको मोटरसाइकल पनि बरामद र्गयो । रत्नेशलाई जेल पठाइयो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७