यस्तो देखियो टुँडिखेलमा ७० औं प्रजातन्त्र दिवस (फोटो फिचर)


७ फाल्गुन २०७६, बुधबार
democrecy day scaled

काठमाडौं, ७ फागुन । १०४ वर्षको एकतन्त्रीय जहाँनियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज (बुधबार) ७० औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइएको छ ।

राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस काठमाडौं ठूलो टुँडिखेलमा प्रजातन्त्र दिवस मनाएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए। प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । सो अवसरमा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ, प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको छ ।

त्यस अवसरमा ज्ञात–अज्ञात शहीदहरूप्रति उच्च सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो । समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतका सङ्घ संस्थाबाट मार्चपास गरिएको थियो ।

समारोहमा विविध सांस्कृतिक झलकसहितका झाँकी प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा राष्ट्रिय गीतका धुनहरुसहितको साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।
हेनुस् तस्विरमा प्रजातन्त्र दिवसको उल्लास

Prajatantra diwash 4
Prajatantra diwash 3
Prajatantra diwash 2
Prajatantra diwash 17
Prajatantra diwash 16
Prajatantra diwash 15
Prajatantra diwash 14
Prajatantra diwash 12
Prajatantra diwash 13
Prajatantra diwash 11
Prajatantra diwash 10
Prajatantra diwash 9
Prajatantra diwash 8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७