छोराछोरीका कारण शाहरुख अपसेट !


२५ पुष २०७४, मंगलवार
sak

मुम्बई : शाहरुख खान केहि दिनयता किनै अपसेट देखिएका छन् । वास्तवमा शाहरुखका दुबै छोराछोरी आर्यन र सुहाना छुट्टिमा नयाँ वर्षमा बम्बई आएका थिए । अब आर्यन र सुहाना बिदा सकिएका कारण फेरि पढाइका लागि फर्किदैछन् ।sak2

त्यसकारण शाहरुखले आफ्ना मुटुका टुक्राहरुसँग टाढा हुन पर्ने कारण दुःखी हुँदै आफ्ना छोराछोरीसँग खिचिएको सेल्फी सामाजिक सञ्जालमा पोष्ट गर्दै भावुकता ब्यक्त गरेका छन् ।sak3

उनले लेखेका छन्–Holidays as they say should really be given a speeding ticket…hate dropping my kids to the airport….when holidays end… शाहरुख पुत्र आर्यन क्यालिफोर्नीयामा पढ्छन् भने सुहाना लण्डनमा पढिरहेकी छन् । आर्यन मिडियामा खासै देखिन चाहँदैनन् तर, सुहाना प्रायः ग्ल्यामरस लुक्समा देखिरहन्छिन् । उनलाई फिल्मी दुनियाँ र अभिनयमा विशेष रुची छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७