चार हजार फिटमाथि दुई बिमान ठोक्किए, सवार सबैको मृत्यु


७ फाल्गुन २०७६, बुधबार
aus

मेलबोर्न, ७ फागुन । अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ ।

प्रहरीले दुबै बिमानमा एक–एक जना पाइलट र एक–एक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजारफिट माथि आकाशमा ठोक्किएका थिए ।

दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । रासस–एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७